झन्डै शतप्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 11:31:47 AM मा प्रकाशित

laxmi sunrise bank

आचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ 

यस अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ४ करोड १० लाख रहेको थियो।  हाल संचालन रहेका वाणिज्य बैंक मध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रहेको छ । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ७ अर्ब २० करोड पुगेको छ । बैंकको संचालन मुनाफा २ अर्ब ६७ करोड रहेको छ । 

बैंकको चुक्ता पुंजी १९ अर्ब ८८ करोड रहेको छ भने रिजर्भमा १५ अर्ब ६४ करोड रहेको छ । बैंकको निक्षेप संकलन २ खर्ब २८ अर्ब रहेको छ भने बैंकले १ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा सुधार हुँदै ४.२० प्रतिशतबाट घटेर ३.३ प्रतिशत रहेको छ 

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर खुद मूल्य २२२.८५ रुपैयाँ रहेको छ । 

यो पनि : १३ वटा वाणिज्य बैंकको नाफा घट्यो, ९ वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक (सूचीसहित)

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved