हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ७ वटा वाणिज्य बैंकको नाफा मात्र बढेको छ भने १३ वटा बैंकको खुद नाफा घटेको छ।
सबैभन्दा धेरै कृषि विकास बैंकको नाफा बढेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा कृषि विकास बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ भने लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७० प्रतिशत बढेको छ ।
सर्वाधिक नाफा घट्नेको पहिलो नम्बरमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको खुद नाफा ९२.६८ प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ५२.३१ प्रतिशत तथा माछापुच्छ्रे बैंकको खुद नाफा ३६.७३ प्रतिशत घटेको छ । यस अवधिमा ९ वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।
हेर्नुस् तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा, वितरणयोग्य मुनाफा, प्रति शेयर आम्दानी र खराब कर्जाको विवरण ।