चौथो त्रैमाससम्म कुन बाणिज्य बैंकको चुक्ता पुंजी कति, कसरी पुर्याउदैछन ८ अर्ब ? (रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 01:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने समयसिमा सकिएको छ। २०७४ असार मसान्तसम्म ४ बाणिज्य बैंकले मात्र चुक्ता पुंजी ८ अर्ब पुर्याउन सफल भएका छन। 

तोकिएको समयमै चुक्ता पुंजी ८ अर्ब पुर्याउनेमा सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक तथा निजि क्षेत्रका नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक रहेका छन। यी ४ बैंकहरुले गत आर्थिक बर्षको कमाईबाट बोनस सेयर वितरण गर्नु अघि नै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सफल भएका हुन। 

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्टलाई प्राप्ति, गत बर्ष २१ प्रतिशत बोनस र एफपीओ मार्फत तोकिएको चुक्ता पुंजी पुर्याएको हो। त्यस्तै ग्लोबल आइएमई बैंकले गत बर्ष १५ प्रतिशत बोनस  र प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपेमन्ट प्राप्त गरि चुक्ता पुंजी ८ अर्ब पुर्याएको हो।  

राष्ट्र बैंकले दुुई बर्ष अघि बैंक तथा वित्तीय संस्थाहरुलाई ४ गुणा चुक्ता पुंजी वृद्धि गर्नु पर्ने गरि पुंजी वृद्धिको नीति ल्याएको हो। त्यहि अनुसार बाणिज्य बैंकहरुले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने थियो। यसका लागि बैंक तथा वित्तीय संस्थाहरुसंग बोनस, हकप्रद, मर्जर र प्राप्तीको बिकल्प थियो। 

तोकेको समयसिमा भित्र चुक्ता पुंजी ८ अर्ब नपुर्याउने बैंकहरुलाई राष्ट्र बैंकले केहि राहत दिएको छ। न्युुनतम चुक्ता पुंजी कायम गर्ने समय २०७४ असार मसान्त भएपनि राष्ट्र बैंकले समयसिमा थप नगरिकन 'नोट्स टू अकाउन्ट' को छुट दिएको छ।


यस छुट अनुसार बैंकहरुले असार मसान्तसम्म पुर्याउनु पर्ने बाँकी पुंजीको स्रोत खुलाएर त्यसलाई अडिटरले प्रमाणित गरी त्यससम्बन्धि जानकारी राष्ट्र बैंकलाई गराउनु पर्नेछ। जस्तै कुनै बैंकको चुक्ता पुंजी असार मसान्तसम्म ७ अर्ब पुगेको छ भने अपुग १ अर्ब बराबरको पुंजीको स्रोत  (बोनस , हकप्रद या अन्य संस्थालाई मर्ज वा प्राप्ति गरि ) खुलाएर चुक्ता पुंजी ८ अर्ब पुगेको व्यहोरा वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीमा स्पष्ट रुपमा जनाइएको हुनु पर्नेछ। 

अर्थात स्पष्ट भाषामा भन्नु पर्दा चुक्ता पुंजी पुर्याउन आवश्यक पुंजी यहाँ छ, त्यति पैसा त्यहाँबाट यसरी आउँछ भन्ने कुरा खुलाएको हुनु पर्नेछ। आगामी साधारणसभासम्म बैंक तथा वित्तीय संस्थाहरुको बित्तिय विवरणमा तोकिएको चुक्ता पुंजी कुनै पनि हालतमा पुग्नु पर्ने छ। अन्यथा राष्ट्र बैंकले कारबाही गर्ने जनाएको छ। आगामी साधारणसभासम्म पनि तोकिएको चुक्ता पुंजी पुर्याउन नसक्ने बैंकहरुलाई निक्षेप लिन रोक्ने, कर्जा प्रवाह गर्न रोक्ने, शाखा विस्तार गर्न नदिने, पुनर्कर्जाको सुविधा नदिने, राष्ट्र बैंकले दिने विभिन्न सहुलियतमा बन्देज लगाउने लगायतका कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ।   

राष्ट्र बैंकले दिएको प्राबधान अनुसार बाणिज्य बैंकहरुले कसरि चुक्ता पुंजी ८ अर्ब पुर्याउलान भन्ने चाँसोको बिषय समेत बनेको छ। बैंकहरुले २०७४ असार मसान्त भित्र आ-आफ्नै ढंगबाट राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन तयारी गरेको अवस्थामा लगानीकर्ताको चाँसोलाई सम्बोधन गर्न बिजपाटी डटकमले यो रिपोर्ट प्रस्तुत गर्ने प्रयास गरेको छ। 

यस रिपोर्टमा उल्लेख्य विवरण बैंकहरुले प्रस्तुत गरेको पुंजी वृद्धि योजना तथा प्राप्त जानकारीका आधारमा तयार गरिएको हो। साथै आज २०७४, साउन ३ गतेसम्म बिक्रि भईसकेका हकप्रदलाई पुंजिकृत गरि चुक्ता पुंजीमा देखाइएको छ।

सनराइज बैंक 

एनआइडिसी क्यापिटल मार्केट्सलाई किनेको सनराइज बैकले हालै मात्र ३० प्रतिशत हकप्रद बिक्रि गरेको हो। चुक्ता पुंजी ८ अर्ब पुर्याउन सनराइजले करिब ९० करोड बराबरको पुंजी थप गर्नु पर्नेछ। 

जनता बैंक 

त्रिबेणी बिकास बैंक र सिद्दार्थ डेभलपमेन्टलाई मर्जर तथा प्राप्ति गरेको जनता बैंकले तोकिएको चुक्ता पुंजी ८ अर्ब पुर्याउन १ अर्ब ६३ लाख रुपैयाँ बराबरको पुंजी थप गर्नु पर्नेछ। बोनस सेयर वितरण गरेर नै चुक्ता पुंजी ८ अर्ब पुर्याउने बैंकको योजना रहेको छ। 

सिद्दार्थ बैंक 

हालै मात्र १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद बिक्रि गरेको सिद्दार्थ बैंकले हकप्रद बिक्रि पश्चात कायम चुक्ता पुंजीको १० प्रतिशत हकप्रद बिक्रि गर्ने तयारीमा छ। १० प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकले करिब ५३ करोड रुपैयाँ बराबरको पुंजी थप गर्नुपर्नेछ। 

माछापुच्छ्रे बैंक 

१२ प्रतिशत हकप्रद बिक्रि गर्ने तयारीमा रहेको माछापुच्छ्रे बैंकले तोकिएको चुक्ता पुंजी ८ अर्ब पुर्याउन करिब ६१ करोड पुंजी थप गर्नु पर्नेछ। 

अधिकांश बाणिज्य बैंकहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम सहजै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने देखिन्छन। यद्दपी तोकिएको समय अवधिमा चुक्ता पुंजी पुर्याउनु पर्नेमा एनसीसी बैंकलाई केहि कठिनाई देखिएको छ। त्यस्तै हालसम्म कायम चुक्ता पुंजीको आधारमा स्ट्यान्डर्ड चार्टड बैंक पछि रहेको छ। स्ट्यान्डर्ड चार्टडले झन्डै करिब ४ अर्ब पुंजी थप गर्नु पर्नेछ। 

बिजपाटीका लागि जनोमद्वारा तयार गरिएको रिपोर्ट


यो पनि:

समयमै ८ अर्ब पुर्याउन नसक्ने २४ बैंकले पाए 'बिशेष सहुलियत', मिसन आठ अर्बमा ४ बैंक अव्वल (विवरण सहित)

किन बढ्दै छ बचत खातामा ब्याजदर बढाउने प्रतिस्पर्धा? एनआईसी एसियाको ९ प्रतिशत पुग्दा अरुको कति?

नेपाल बंगलादेश बैंकको नाममा अन्तरिम आदेश, 'हकप्रद खरिदबिक्रीमा करोडौं घोटाला'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved