नेपाल बंगलादेश बैंकको नाममा अन्तरिम आदेश, 'हकप्रद खरिदबिक्रीमा करोडौं घोटाला'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 10:14:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले हकप्रद बिक्रि तथा वितरणमा भएको अनियमितताले अदालतको ध्यानाकर्षण भएको छ। हकप्रद बिक्रि तथा वितरणमा भएको अनियमितता बिरुद्द पेश भएको निबेदन उपर सुनुवाई गर्दै उच्च अदालत पाटनले नेपाल बंगलादेश बैंकको नाउँमा अन्तरिम आदेश नै जारी गरेको छ। 

विश्वराज भट्टराई निवेदकको वारेस शेषराज खरेल रहेको उत्प्रेषणयुुक्त परमादेश मुुद्दामा नेपाल बंगलादेश बैंक र बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई बिपक्षी बनाइएको छ। त्यसउपर निर्णय सुनाउदै उच्च अदालत पाटनका न्यायाधीश प्रमोद कुुमार श्रेष्ठ र अब्दुुल अजिज मुुसलमानको सयुक्त इजलासले असार २० गते बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

निवेदक भट्टराईले उच्च अदालत पाटनमा विपक्षीको नाममा हालेको पत्रमा भनिएको छ, ‘म निवेदक विपक्षीमध्येको नेपाल बंगलादेश बैंक लिमिटेडको सेयरधनी हुँ ।' बैंकको कात्तिक ८ मा सम्पन्न साधारणसभाले पारित गरेको ३२ प्रतिशत बोनस शेयर सहित निवेदक भट्टराईको नाममा १९ सय ४२ कित्ता सेयर कायम रहेको खुल्न आएको छ। 

बैंकले २०७३ चैत १६ गतेसम्म कायम सेयरधनीहरुले हकदाबी गर्न पाउनेगरि ८० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको हकप्रदमा आफुलाई जानकारी नभएकाले तोकिएको समयमा हकप्रदका लागि आबेदन दिन नसकेको निज भट्टराईले बताएका छन। भट्टराईद्वारा पेश गरिएको निबेदनमा १५ सय ५४ कित्ता हकप्रद सेयर पाउनुपर्ने दाबी गर्दै बिपक्षी बैंकमा पुगेपनि बैंकले नपाउने जवाफ दिएको उल्लेख छ। बैंकको बदनियतका कारणले आफुलाई ६ लाख १३ हजार ८ सय ३० रुपैयाँ हानिनोक्सानी भएको उनले बताएका छन। 

नेपाल बंगलादेश बैंकले जारि गरेको ८० प्रतिशत हकप्रदमा अनियमितता भएकोबारे बिजपाटी डटकमले सुरुवातका दिन देखि नै लेख्दै आएको छ। बिजपाटीले हकप्रद बिक्रिमा बढ्यो बिकृति, हक हस्तान्तरणको नाममा लगानीकर्ता ठग्दै नेपाल बंगलादेश बैंक शिर्षकमा समाचार लेखेको थियो। बैंकले समयमा हकदाबी हुन नआएको करिब १० लाख कित्ता सेयर लिलामी मार्फत बिक्रि गर्ने सुचना जारी गरेपछि बिजपाटी डटकमले नेपाल बंगलादेश बैंकको १० लाख कित्ता हकप्रद लिलाममा, कहाँ गयो बाँकि ६ लाख कित्ता ? शिर्षकमा अर्को समाचार लेखेको थियो।

बैंकले हकप्रद भर्न छुटेका तथा हकप्रद भर्न बिर्सेका लगानीकर्ताको भागको हकप्रद चाँजोपाँजो मिलाई बैंकमा पहुँच भएकाहरुको नाममा करिब ७ लाख कित्ता हकप्रद 'हक हस्तान्तरण' गरेको पाइएको थियो। यस कार्यमा करोडौंको घोटाला भएको बताइएको छ।  

यो पनि:

नेपाल बंगलादेश बैंकको अवितरित १६ लाख कित्ता हकप्रद लिलाम बढाबढबाट बिक्रि !




 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved