बिक्री आम्दानी बढ्दा र ब्याज खर्च घट्दा साल्ट ट्रेडिङको मुनाफा १९४ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 01:04:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा रहेको संस्था साल्ट ट्रेड्रिङ कर्पोरेशनले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९३.९४ प्रतिशतले मुनाफा वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको यस अवधिमा एक करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको यस कम्पनीले यस अवधिमा तीन करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

यो अवधिमा कम्पनीको बिक्री आम्दानी बढ्दा र ब्याज खर्च घट्दा मुनाफा बढेको हो । कम्पनीले बिक्री आम्दानी १७.४४ प्रतिशतले बढेर ५ अर्ब ७७ करोड रुपैयाँ पुगेकोे सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । 

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ४ अर्ब ९१ करोड रुपैयाँ थियो । कम्पनीको ब्याज खर्च भने यो अवधिमा घटेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ४२ करोड १६ लाख रुपैयाँबाट घटेर २७ करोड २२ लाख रुपैयाँमा आएको थियो ।  

त्यस्तै प्रशासनिक खर्च १५.४४ प्रतिशतले बढेर १५ करोड ३४ लाख रुपैयाँ कायम भएको देखिन्छ भने कर्मचारी खर्च १२.५१ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणले देखाउँछ ।  

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) २९ रुपैयाँ २८ पैसा रहेको छ । यसको प्रतिशेयर नेटवर्थ ४४४ रुपैयाँ १४ पैसा छ ।

२५ करोड ३५ लाख ३१ रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा एक अर्ब ३५ करोड रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved