८ महिनामा बैंकहरुको खुद नाफा ४२ अर्बः नबिल शिर्षमा, ग्लोबल र एनआईएमबी पछ्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 01:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड खुद नाफा आर्जन गरेका हुन् । 

धेरै नाफा आर्जन गर्ने शिर्ष स्थानमा नबिल बैंक रहेको छ । यो ८ महिनामा नबिलले ४ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आईएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख खुद नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ । 

तेस्रो स्थानका लागि प्राईम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकको कडा प्रतिस्पर्धा चलेको छ । प्राईमले २ अर्ब ८८ करोड ७० लाख खुद नाफा आर्जन गर्दा आरबीबीले २ अर्ब ८७ करोड ७० लाख र एनआईएमबीले २ अर्ब ८० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

कुन बैंकको खुद नाफा कति:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved