८ महिनामा विकास बैंकको खुद नाफा साँढे ३ अर्ब, ४ वटा घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 02:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साँढे ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेका छन् । 

जसमध्ये बसैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसगरी, गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा साईन रेसूगां डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । 

यसैगरी, महालक्ष्मि विकास बैंकले ४० करोड, कामना सेवा विकास बैंकले ३८ करोड र लुम्बिनी डेभलपमेन्ट बैंकले २७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

यो अवधिमा ४ वटा विकास बैंकले घाटा व्योहोरेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । एक्सेललाई यो ८ महिनामा २४ करोड बढी घाटा लागेको छ भने सप्तकोशि विकास बैंकलाई १३ करोड ६२ लाख रुपैयाँ खुद घाटा लागेको छ । 

कुन विकास बैंकको खुद नाफा घाटा कति ?:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved