गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ । सम्झौतामा गुराँस लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।
चुक्ता पुँजी बृद्धिको योजनामा रहेको गुराँसले नवौं साधारण सभाबाट हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । गुराँसले चुक्तापुँजी २ अर्ब पुर्याउन बिमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी संशोधन गरि सकेको छ ।