महान मोरिन्होको नजरमा यी हुन् बिश्वकपको सेमिफाइनलसम्म पुग्ने ४ टोली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 07:38:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्बाधिक सफल फुटबल प्रशिक्षक मध्येका एक जोसे मोरिन्होले बिहिबारदेखि सुरु हुने बिश्वकप फुटबलको प्रेडिक्सन् गरेका छन् । उनले समुह चरणदेखि सेमिफाइनलसम्मको अनुमान लगाएका छन्  । 

उनले प्रि  क्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल भिडेर पोर्चुगलले जित्ने, फ्रान्स र नाजेरिया भिडेर फ्रान्सले जित्ने, ब्राजिल र मेक्सिको भिडेर ब्राजिलले जित्ने, इंग्ल्यान्ड र पोल्याण्ड भिडेर इंग्ल्यान्डले जित्ने, स्पेन र रसिया भिडेर स्पेनले जित्ने, अर्जेन्टिना र अस्ट्रेलिया भिडेर अस्ट्रेलियाले जित्ने , जर्मनी र स्विजरल्याण्ड भिडेर जर्मनीले जित्ने र बेलिजियम र सेनेगल भिडेर बेल्जियमले जित्ने अनुमान लगाएका छन्  । 

त्यस्तै क्वाटरफाइनलमा पोर्चुगल र जर्मनी भिडेर पोर्चुगलले जित्ने, ब्राजिल र इंग्ल्यान्ड भिडेर ब्राजिलले जित्ने, स्पेन र अर्जेन्टिना भिडेर अर्जेन्टिनाले जित्ने, र जर्मनी र बेल्जियम भिडेर जर्मनीले जित्ने अनुमान लगाएका छन्  ।  उनले पहिलो सेमिफाइनलमा पोर्चुगल र ब्राजिलबीच प्रतिस्पर्धा हुने र दोस्रो सेमिफाइनलमा जर्मनी र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन्  । 

यस पछिको अनुमान भने उनले पछि गर्ने बताएका छन्  । 

मोरिन्हो फुटबलको दुनियामा सर्बाधिक सफलको सुचीमा अट्ने गरेका छन्  । उनले फिफा बाट सन् २०१० मा उत्कृष्ट प्रशिक्षकको उपाधि पाएका थिए  ।  उनले हालसम्म प्रशिक्षकको रुपमा २५ उपाधि जितेका छन्  । उनले पोर्तोसंग ६, चेल्सीसंग ८, इन्टर मिलनसंग ५, रियल म्याड्रिडसंग ३ र म्यानचेस्टर युनाईटेडसंग ३ उपाधि जितेका हुन्  ।  पोर्चुगलका यी प्रशिक्षक हाल म्यानचेस्टर युनाईटेड मै आबद्द छन्  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved