बिजपाटी प्रेडिक्ट एण्ड विन कन्टेस्ट : इजिप्ट र उरुग्वेको खेलमा ३ जनाले मात्रै लागाए सहि अनुमान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 07:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबलमा उरुग्वेले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।  

उरुग्वेका लागि खेलको अन्तिम समय ८९ औँ मिनेटमा जोसे गिमिनेजले गोल गरेका हुन् ।  च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने आज मैदान उत्रेका थिएनन् ।  

बिजपाटीले संचालन गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा जम्मा ३ जनाको अनुमान सहि साबित भएको छ। सयौंले अनुमान लगाएकोमा केवल ३ जनाको मात्रै मिलेको छ। आजको खेलमा सहि गोल अनुमान लगाउनेमा मन्दिप महर्जन, कल्पना हुमागाई काफ्ले र बाल कृष्ण श्रेष्ठ रहेका छन।   

अब यी मध्येबाट १ जनालाई गोलाप्रथाबाट बिजेता घोषणा गरिने छ।  बिजेतालाई विश्वकप सकिएपछी पुरस्कार वितरण गरिनेछ। साथै गोलको सहि अनुमान लगाएर तीनै जनाले ६०-६० अंक प्राप्त गरेका छन। 

बिजपाटीको 'डबल डोज पुरस्कार' अन्तर्गत प्रत्येक खेलमा सहि गोलको अनुमान लगाउने मध्ये एक जनाले आकर्षक उपहार पाउनेछ। साथै प्रत्येक गोलको सहि अनुमानबाट उनीहरुले अंक पाउँदै जानेछन र विश्वकप अन्तर्गतका ६४ खेल सकिएपछी अंक धेरै हुने उत्कृष्ट २० जनाले बम्पर पुरस्कार जित्नेछन। 

तपाई पनि खेलमा सहि गोल अनुमान लगाएर आकर्षक पुरष्कार जित्न चाहनु हुन्छ भने खेल सुरु हुनु अगाडी बिजपाटी डटकमको मेनुबारमा गएर 'Predictandwin' क्लिक गरेर वा सिधै www.worlcup.bizpati.com मा गएर अनुमान लगाउन सक्नुहुन्छ।


बिजपाटी डटकममा खेल अनुमान गर्न यो लिंकमा क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/play#_=_

पुरस्कार बारे जान्नको लागि यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/toc

बृस्तृत जानकारीका लागि यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/prizes

स्कोर बोर्डमा तपाईको स्थानबारे जान्न यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/today_points


खेलका नियमहरु
-तपाईंले बिजपाटीको अफिसियल पेज https://www.facebook.com/bizpati लाई लाइक गर्नुपर्नेछ।

 -हरेक खेलमा सहि गोल अनुमान लगाउनेले प्रत्येक दिन आकर्षक पुरस्कार जित सक्नुहुनेछ। एकजना भन्दा बढी सही उत्तर मिलाउने भएमा घोषणा गोलाप्रथाबाट गरिनेछ। गोलाप्रथाको भिडियो लाइभ हुनेछ।

-प्रत्येक खेलबाट प्राप्त अंक जोडिंदै जानेछ र सबै ६४ खेल सकिएपछी  सर्वाधिक अंक प्राप्त गर्ने मध्ये २० जनालाई बिशेष पुरस्कारको व्यवस्था गरिएको छ

पुरस्कारको सुची: http://worldcup.bizpati.com/prizes

-खेल शुरु हुनु अघिसम्म गोल अनुमान लगाउन मिल्नेछ।

-खेल सकिएको २४ घण्टा भित्र बिजेताको घोषणा हुनेछ। तर पुरस्कार भने विश्वकप फुटबलको फाइनल खेलपछी मात्र वितरण गरिनेछ।

-कुनै विवाद भएमा बिजपाटी डटकमको निर्णय अन्तिम हुनेछ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved