सेवा सुविधा उपलब्ध गराउन द्वन्द्वपीडितको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 06:30:06 PM मा प्रकाशित

laxmi  sunrise bank

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले द्वन्द्वका क्रममा मारिएका सुरक्षाकर्मीलाई सरकारले शहीदका रुपमा सम्मान गरी सेवा सुविधा उपलब्ध गराउन माग गरेको छ । संघले माइतिघर मण्डलामा लालटिन बालेर धर्ना दिएको हो । 

संघले सेना, सशस्त्र, प्रहरी र गुप्तचरका शहादतप्राप्त सुरक्षाकर्मीका परिवारलाई कम्तिमा दोब्बर राहत उपलब्ध गराउनुपर्ने, घाइते असक्त सुरक्षाकर्मीलाई असक्तता प्रतिशतका आधारमा आर्थिक राहत दिनुपर्ने, उनीहरुका प्रत्येक सन्ततिलाई उच्च शिक्षासम्म निःशुल्क पढाउनुपर्ने लगायतका माग गरेको छ । 

धर्नाका संयोजकशेरबहादुर बस्नेतले द्वन्द्वका क्रममा ज्यान गुमाएका करीब दुई हजार सुरक्षाकर्मीलाई सरकारले शहिद घोषणा गरिसकेको भएपनि कार्यान्वयन हुन नसकेका कारण दबाब दिन विरोध प्रदर्शन गरिएको जानकारी दिए ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved