लोकसेवाको निशुल्क कक्षा सुरु, खाजा र स्टेशनरी सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 06:47:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ । 

चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा पाँच जना शिक्षकले पढाइरहेका छन् । कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिए  । “नगरपालिकाले महिलाका लागि छुट्याएको बजेटबाट नै तयारी कक्षा सञ्चालन गरेका हौँ,” उपप्रमुख पराजुलीले भने, “यसले महिलाको व्यक्तित्व विकास र भविष्य निर्माणमा गुणात्मक परिणाम दिने अपेक्षा गरेका छौँ ।” 

यस्ता कार्यक्रमले महिलालाई पुरुषसँग खुल्ला प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याउने उनले बताईन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved