महिला पत्रकारको राष्ट्रिय सम्मेलन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 06:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला पत्रकारको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासङ्घको आयोजनामा सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुन लागेको हो  ।

चितवनको पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । 

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा छलफल हुने पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिएका छन् । भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा महिला पत्रकारको  दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घले जानकारी दिएको छ । 

सम्मेलनलाई सफल पार्न कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खतिवडाले बताए । सम्मेलन सम्पन्न गर्नका लागि  विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ । 

यसैबीच सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासङ्घ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको छ । महासङ्घका केन्द्रीय सदस्य सृजना अर्यालका अनुसार सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासङ्घको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहनेछ । 

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने महासंघले जानकारी दिएको  छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved