६ महिनामा १० हजार ६८० सवारी दुर्घटना

रासस

रासस

Feb 01, 2019 | 12:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको ६ महिनामा मुलुकभर  १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको छ | साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना हुने गरेको उनि बताउछन्  । 

 दुर्घटना हुने सवारी साधन मध्ये मोटरसाइकल ४  हजार २३०, जिप, कार २  हजार ९५२, बस १  हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ रहेका छन् । 

प्रहरीले दुर्घटना न्यून गर्नका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रुलाई प्रदान गर्दै आएको छ । 

यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा सातै प्रदेशमा रि–फेसिङ सेन्टर (आरामस्थल) स्थापना गरिएको छ । 

उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ । 

सवैभन्दा धेरै  सवारी दुर्घटना काठमाडौँ उपत्यकामा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्र ७ हजार २६० दुर्घटना भएका छन् । 

प्रदेश–१ मा ९२४, प्रदेश–२ मा ६६८, प्रदेश–३ मा ५३३, गण्डकी प्रदेश ३४१, प्रदेश–५ मा ७४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १३० सवारी साधन दुर्घटना भएका छन् । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हुने गरेको बताए । “चालकको लापरबाही  र सवारी नियम नमान्दा बढी दुर्घटना भएको हो”, उनले बताए । 

चालू आर्थिक वर्षको ६ महीनामा सवारी दुर्घटनामा परी १ हजार ४१३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा १ हजार ४३ पुरुष, २४५ महिला, ७६ बालक र ४९ बालिका छन् । यसैगरि २  हजार १५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये १ हजार ५२२ पुरुष, ४१८ महिला, १२९ बालक र ८४ बालिका छन् । साथै पाँच हजार २१२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताए |

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved