जीप दुर्घटनामा दुईको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 03:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुदा दुईको मृत्यु भएको छ । 

ग १ च ८३५७ नम्बरको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको हो । 

दुर्घटनामा मुसिकोट– ८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडाका १४ वर्षीय कमल कार्की घाइते भएको  वामी प्रहरीचौकीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ । जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved