गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपीआर सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 05:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको डिपिआर निर्माण शुभारम्भ भएको छ । उक्त रंगशाला धुर्मुस सुन्तली फाउण्डेशन ले भरतपुरको चितवनमा निर्माण गर्न लागीएको हो । 

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० र उपाध्यक्ष कुञ्जना घिमिरे ९सुन्तली० रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए । सम्बोधन को क्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए । 

उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए । उनले  तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरिन् । सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताइन् । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताईन् । उनले रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाईन् ।कार्यक्रममा विभिन्न दाताहरुले एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । 

आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० निर्माणको काम शुरु भएको घोषणा गरिएको छ ।

दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved