फास्ट एण्ड फ्यूरियस सीरीजको आठौ चलचित्र 'फास्ट एण्ड फ्यूरियस ८' को ट्रेलर सार्बजनिक भएको छ । यस सिरिजको अघिल्लो फिल्म २०१५ मा रिलिज भएको थियो । त्यस फिल्म सबै भन्दा छिटो १ अर्ब रुपियाँ कमाउने किर्तिमान समेत बनाएको थियो।
एक्शन र रोमान्सले भरिएको ट्रेलरमा ड्वेन जनसन र विन डीजलको साथमा जेसन स्टेटहम मुख्य भूमिकामा छन्। चलचित्र अप्रिल २७ मा रिलिज हुदै छ ।
एफ.गैरीद्वारा निर्देशित चलचित्रमा माइकल रोड्रिज, टेरेसा गिब्सन, लुडाक्रिस, लुकास ब्लैक, स्कट इस्टवुड, कर्ट रसैल र चार्लीज थेरोन पनि मुख्य भूमिकामा छन्।
हेर्नुस ट्रेलर ।