‘बुढीगण्डकी जलबिधुत आयोजनाको शिलन्यास मेरै पालामा’-प्रधानमन्त्री प्रचण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 09:59:10 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको बुढिगण्डकी जलबिधुत आयोजनाको शिलन्यास गर्न सरकार आतुर रकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । गोरखा सदरमुकाममा शुक्रबारबाट सुरु भएको नवौं गोरखा महोत्सव एवम पश्चिमाञ्चल क्षेत्रीय कृषि, पर्यटन तथा ब्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

“सारा गोरखालीले सहयोग गर्नुस, सम्पूर्ण राजनैतिक दलले समर्थन गर्नुस म मेरै पालामा सुरु गर्न चाहान्छु ।” उनले भने बुढिगण्डकी प्रभावित गाविसका जनताका जायज माग सम्बोधन गर्न पनि सरकार तयार रहेको उनले बताएका छन् ।

हेलिकोप्टर चढेर महोत्सब उद्घाटन गर्न गोरखा आएका प्रधानमन्त्री प्रचण्डले गोरखाको पालुंटार नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने, भुकम्पपिडितका छुट तथा गुनासाहरुलाई चाडै टुंग्याइने तथा गोरखाका हरेक विकासका कार्यक्रममा आफुले सघाउने समेत आश्वासन दिएका छन् । करिब दश मिनेटको छोटो सम्बोधनका क्रममा उनले गोरखकाली रबर उधोगलाई सकेसम्म सञ्चालन गर्ने प्रयास भइरहेको बताए साथै स्थानिय निर्वाचनको मिती सरकारले चाडै घोषणा गर्ने तयारी गरेको समेत जानकारी दिए ।

विनाशकारी भुकम्प पछि पहिलो पटक भएको महोत्सबलाई उद्घाटन गर्न अन्य तिन मन्त्री सहित गोरखा पुगेका उनले अख्तियारका प्रमुख माथी लगाइएको महाअभियोग नरोक्न तथा संबिधान कार्यान्वयनमा बाधा नगर्न र संसद अबरुद्ध नगर्न प्रतिपक्षलाई आग्रह समेत गरेका छन् ।
 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved