शुक्रबार देखि रिलिज भएको बहुप्रतिक्षित फिल्म 'दंगल' लिक भएको छ। रिलिज भएको दुई दिनमै सोसल नेटवर्किङ साइट फेसबुकबाट दंगल लिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फेसबुकमा हाशमी एएचको नामको प्रोफाइलबाट पूरा साढे दुई घण्टाको दंगल फिल्म अपलोड गरिएको थियो। अपलोड भएको केहि समयमै यसलाई ४ लाख भन्दा बढीले हेरिसकेको जनाइएको छ। यस प्रकरणपछि फेसबुकले हास्मी एएचको नामको प्रोफाइल हटाइदिएको छ।
हास्मी एएचको नामको प्रोफाइल कहाँ र कुन देशको भनेर यकिन नभएपनि भारतीय संचार माध्यमले भने लिक गराउने व्यक्ति पाकिस्तानका नागरिक भएको बताएका छन।