लक्ष्मी बैंकको नयाँ शाखा पुरानो बानेश्वरमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2017 | 08:19:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले पुरानो बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ। यस संगै काठमाडौँमा लक्ष्मी बैंकका शाखा संख्या १६ पुगेको छ। 

पुरानो बानेश्वोरमा नयाँ शाखा संचालनमा आएसंगै बैंकको कुल शाखा संख्या ६५ पुगेको छ भने एटिएमको संख्या ८१ पुगेको छ।  

 सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकमा ७ सय भन्दा बढी कर्मचारी कार्यरत छन्। ३६ जिल्लामा बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले चालु आर्थिक बर्षमा ४८ अर्ब निक्षेप र ४० अरब कर्जा पुर्याएको छ।
 
सोही आवमा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved