माछापुच्छ्रे वैंक र २ अन्य बाणिज्य बैंकले अप्पर खोरुङगा जलविद्युत् आयोजनामा लगानी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2017 | 11:51:50 PM मा प्रकाशित

laxmi  sunrise bank

तेर्हथुम पावर कम्पनीको प्रवर्दनमा बन्न लागेको ७.५ मेगावाट  क्षमताको अप्पर खोरुङगा जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ३ वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँ कर्जा लगानी भएका छन्। 

यस सह–वित्तीयकरण सम्बन्धि सम्झौतामा प्रवद्र्धक कम्पनी र बैंकहरूबीच सोमबार सम्झौता भएको हो। आयोजनामा माछापुच्छ्रे सहित नेपाल बंगलादेश बैंक र जनता बैंकले लगानी गर्ने छन्। 

आयोजनाको लगानी संरचनाअनुसार कुल लागत १ अर्ब ३७ करोड ५७ लाखरुपैयाँमध्ये ७३ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २७ प्रतिशत प्रवद्र्धकको लगानी रहने जनाइएको छ। 

बैंकहरूद्वारा कर्जा लगानी गर्ने निश्चित भएपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने निश्चित भएको प्रवद्र्धकले जनाएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवद्र्धक तेर्हथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीबीच सम्झौता आदान प्रदान भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved