रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद भन्दा ग्लोबल आइएमई बैंकसंग एक्वायरमा जानु लगानीकर्ताको हितमा रहेको बताएको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन अन्तिम विकल्पको रुपमा हकप्रदलाई लिइएको जानकारी गराउंदै उसले ग्लोबलसंग बिलय हुँदा नै लगानीकर्तालाई बढी फाइदा हुने बताएको हो।
राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन बैंकले मर्जर तथा एक्युजिसनको विकल्पलाई अघि सारेको अवस्थामा उचीत संस्था नभेटिएकाले अन्तिम बिकल्पको रुपमा रहेको हकप्रद बिक्रिलाई रोजेको बैंकको तर्क छ। बैंकको १० औ बार्षिक साधारणसभाले शत प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो।
गत असोज १४ मा ग्लोबल आइएमई बैंक र रिलायबल डेभलपमेन्ट बैंकबीच रिलायबललाई एक्वायर गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। ग्लोबल आइएमई बैंकमा बिलय हुँदा रिलायबल बैंकले सम्मानजनक स्वाप रेसियो पाएकाले पनि हकप्रद भन्दा ग्लोबलसंग बिलय हुने निर्णय नै ठिक रहेको उसको तर्क छ।
रिलायबलले गत आर्थिक बर्षको कमाईबाट २८ दशमलब १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ। उक्त प्रस्ताब बैंकले आज अर्थात चैत २ मा हुने एघारौ बार्षिक साधारणसभामा लैजाने भएको छ। बोनस वितरण पश्चात कायम चुक्ता पुंजीको आधारमा डिडिए हुने हुँदा रिलायबलका सेयरधनीहरुले बढी सेयर पाउने बैंकले जनाएको छ।
सम्मानजक स्वाप रेसियो, सेयर संख्या बढ्ने, राम्रो प्रतिफल प्राप्त हुने, बिलय नहुँदा उचित प्रतिफल दिन नसक्ने लगायतका कारणले ग्लोबलसंग बिलय हुने निर्णय नै लगानीकर्ताको हितमा रहेको बैंकले जनाएको छ।
बैंक तथा वित्तीयसंस्थाबीच तिब्र प्रतिस्पर्धा रहेको अवस्थामा लगानी वृद्धि गरि सेयरधनीहरुलाई उचित प्रतिफल दिन कठिनाई हुने हुँदा ग्लोबल आइएमई बैंकमा गाभिने निर्णय कार्यन्वयन गर्नु गराउनु नै लगानीकर्ताको हितमा रहेकाले बैंकको निर्णयमा सकारात्मक भईदिन बैंकले लगानीकर्तालाई आग्रह गरेको छ।