सलमान खानको कार्यक्रम रोक्न विप्लब माओबादीको आग्रह, अटेर गरे ठुलो क्षति हुने चेतवानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2018 | 02:38:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आउँदो मार्च १० मा काठमाडौँको टुडिखेलमा हुन् लागेको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गरेको छ । पार्टीले ओडीसी इन्टरटेन्मेन्टले गर्न लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ कार्यक्रम रद्द गर्न आग्रह गरेको हो  । 


उक्त कार्यक्रम  गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियर टुबोर्गको प्रचारका लागि हुन् लागेको हो  ।   कार्यक्रममा बलिउड अभिनेता सलमान खान सहित दर्जन बढी  भारतीय कलाकारले प्रस्तुति दिने तयारी छ ।कार्यक्रमको लागि आयोजकले  प्रतिव्यक्ति २० हजार रुपियाँसम्मको टिकट बिक्रीवितरण गरिरहेको छ ।


उक्त पार्टी सम्वद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले मंगलबार विज्ञप्ति जारी गरी जबर्जस्ति कार्यक्रम गर्न खोजिए  त्यसबाट हुने क्षतिको जिम्मेवार सम्वन्धित आयोजक नै हुने चेतावनी दिएको छ ।  


बिज्ञप्तिमा भनिएको छ 'कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको प्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ । हाम्रो सङ्गठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको तीव्र विरोध र भत्र्सना गर्दछ । साथै, हाम्रो सङ्गठन यसप्रकारको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार छ । भारतीय कलाकार सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टलाई उक्त कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर सो कार्यक्रमको टिकट नकिन्न महासङ्घ हार्दिक आग्रह गर्दछ । साथै, नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैँ मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौँ । र, अन्य सहयोगी एजेन्सीलाई कुनै पनि सहयोग नगर्न हामी यसै प्रेस विज्ञप्तिमार्फत् सबैलाई आग्रह गर्न चाहन्छौँ । जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved