निर्मला हत्या प्रकरण: मन्त्रिपरिषद्मा छलफलपछि मात्र प्रतिवेदन सार्बजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 01:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफल गरेर मात्र सार्बजनिक गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिदै प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने बताए । उनले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताए।

फरक प्रसङ्गमा उनले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताए । उनले भने ' मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ'  । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए । उनले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताए  ।

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे। गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गरे  ।

उनले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकार गिराउनेसम्मको षड्यन्त्र गरिरहेको आरोप  लगाए । गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आज विराटनगर आएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved