मौद्रिक नीतिलाई महासंघको २१ बुँदे सुझाव, आइतबार विदादेखि फिक्स ब्याजदरसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 11:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको लागि सुझाव पठाएको छ। महासंघले मौद्रिक नीतिमा समावेश गर्न राष्ट्र बैंकलाई २१ बुँदै सुझाब दिँएको हो। 

सुझाव दिंदै महासंघले उद्योग क्षेत्रमा दिईने ब्याजदर एकल अंकमा हुनु पर्ने, स्प्रेड दर ३ प्रतिशत कायम गरिनु पर्ने, बेस रेट गणनाको विधि समय सापेक्ष परिवर्तन गर्नु पर्ने माग गरेको छ । 

त्यस्तै  बैंकहरुको चुक्ता पुंजी आठ अर्ब पुगिसकेको सन्दर्भमा एक अर्ब भन्दा बढीको कर्जामा सह–वित्तीयकरण गर्नुपर्ने व्यवस्था लाई परिमार्जन गरी उक्त सीमालाई बृद्धि गरी दुई अर्ब गरिनु पर्ने माग पनि महासंघले अगाडी सारेको छ । नाफा मुलक संस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुनेगरी ब्याजदर कायम गरिनु पर्ने, १० लाख भन्दा कमको बचतमा केवाईसी उदार हुनु पर्ने महासंघको माग छ । 

उर्जा उत्पादन क्षेत्रमा बैंकहरुले १५ प्रतिशत लगानी गर्नै पर्ने, र जलविद्युत क्षेत्रको लागि दिईने कर्जामा ब्याजदर परिवर्तन हुनु नहुने माग पनि महासंघको छ।  नेपालमा शुक्रबार आधा दिनमा छुट्टीहुने र विदेशमा आइतबार छुट्टीहुने भएकोले शुक्रबार, शनिबार र आइतबार गरी तीनदिनको कार्य प्रभावित हुने भएकोले नेपालका बैंकको बिदा अन्तर्राष्ट्रिय बैंकहरु संग मिल्ने हुनुपर्ने साथै शुक्रबार बैंकहरु पुरादिन कार्य गर्नु पर्ने माग पनि महासंघले राखेको छ।

यस्ता छन् महासंघका सुझाव: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved