स्थानीय तहको आवेदनबाट लोकसेवा उठायो १४ करोड , कतिले भरे फारम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 01:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् । ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । उनका अनुसार ती आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ ।

आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved