वडासदस्यमाथि गोली प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 11:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का वडासदस्य रामजी चेपाङमाथि गोली प्रहार भएको छ । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको परिवारजनले बताएका छन् । 

चितवनको राप्ती नगरपालिका १३ गाम्दाका इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारको आरोप छ । २ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीमाथि बलात्कार प्रयास गरेको मुद्दा लागेका इन्द्रले आफूलाई पक्राउ गर्न प्रहरीलाई सघाएको रिसका कारण रामजीमाथि गोली हानेको परिवारजनको आरोप छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved