१३ इन्स्पेक्टरको काज सरुवाः को कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका १३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काजमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार उनीहरुको काज सरुवा गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल, सामाखुसीस्थित पहरा गणमा मोहनबिक्रम केसी, अपराध महाशाखामा किरण न्यौपाने, जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर बिष्ट, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्यको काज सरुवा भएको छ । 

कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर, इलाका प्रहरी कार्यालय बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा हिरेन्द्र रोकायाको काज सरुवा गरिएको प्हरी प्धान कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved