सुडान काण्डमा दोषी ठहरिएका पूर्व प्रहरी महानिरीक्षक ठकुरीद्धारा आत्मसमर्पण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:16:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सुडानको डार्फर मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पठाईने छ । सर्वोच्च अदालतको फैसला पुनरावलोकनको प्रक्रियामा अघि बढेकाले थुनामा नबसी मुद्दाको सुनुवाई गर्न उनले दिएको निवेदन अस्वीकृत भएको थियो । 

सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकद्वय हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीमाथि १ वर्ष कैद र ४० हजार जरिवना सुनाएको थियो । पूर्व प्रहरी महानिरीक्षक गुरुङ आपूर्ति नै नभएका स्पेयर पार्टस बापत समेत भुक्तानी दिएको र ठकुरीले गुणस्तरहिन सामानको भुक्तानी दिएको ठहर भएको थियो । 

२०६८ साल फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो । फैसलामा चित्त नबुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी अधिकारीहरु पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । 

सुडानमा शान्ति मिसनमा खटिने प्रहरीका लागि आवश्यक सामान खरिदमा भएको भ्रष्टाचार प्रकरणको छानविनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ करोड ८१ लाख मागदाबी गरी विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । २०६८ साल जेठ २४ गते दायर मुद्दामा तीन प्रहरी पूर्व महानिरीक्षक सहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारती विरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विशेष अदालतले २८ करोड ४० लाख रुपैंया भ्रष्टाचार भएको फैसला भएको थियो । विशेष अदालतका तत्कालिन अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले ठेकेदार, उनका प्रतिनिधी र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैंया असुल्नुपर्ने ठहर गरेको थियो ।

विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधी शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । पूर्वप्रहरी प्रमुखहरु ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved