४७ स्थानमा उपनिर्वाचनको तयारीमा आयोग, नाम दर्ता गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले विभिन्न स्थानमा रिक्त रहेका पदहरु पदपूर्तिको लागि उप निर्वाचनको तयारी भईरहेको जनाएको छ । आयोगले छिट्टै उपनिर्वाचन हुने भन्दै नाम छुटेकाहरुलाई आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न आग्रह गरेको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा तोकिएका ईलाका प्रशासन कार्यालयबाट मतदाता दर्ताको कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । निर्वाचन घोषणा भईसकेपछि नाम दर्ता गर्न नपाइने ब्यबस्था छ  ।  

हाल विभिन्न कारणले १ प्रतिनिधि सभा सदस्य, ३ प्रदेश सभा सदस्य, स्थानीय तह अन्तर्गत गाउँपालिकाका ४ अध्यक्ष÷उपाध्यक्ष, १ नगरपालिकाका प्रमुख र नगरपालिका तथा गाउँपालिकाका ३८ वडा अध्यक्ष गरी कूल ४७ पदहरू रिक्त छन् । आयोगले यी स्थानमा उपनिर्वाचनको तयारी गरेको हो   ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आ.व.मा उपनिर्वाचनका कामहरू सम्पन्न गरिनेछ भनी उल्लेख भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved