स्वर्गीय रविन्द्र अधिकारीको नाममा ६० हजार राशीको पर्यटन पुरस्कार स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 04:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले वार्षिक साधारण सभामा वितरण गर्ने पुरस्कारको छनौट गर्न पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । समितिका सदस्यहरुमा डम्बर पराजुली, पूर्ण चन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल छन ।

यस वर्षबाट दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको नाममा टानले रविन्द्र अधिकारी पर्यटन पुरस्कार स्थापन गर्ने भएको छ । गत फागुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्मानमा टानले पुरस्कार स्थापना गर्ने भएको हो ।

टानले आफ्नो ४१ औं बार्षिक साधारणसभा भदौ २० मा गर्दैछ । 

टानले वितरण गर्ने पुरस्कार यस प्रकार छन्ः  

१) टान पत्रकारिता पुरस्कार २५/२५ हजारको २ जना 

२) टान डा. हर्क गुरुङ पुरस्कार ५०,०००।–

३( टान पासाङ ल्हामु पुुरस्कार ५०,०००।–

४) टान पेम्बा डोमा पुरस्कार १५,०००।–

५० टान रविन्द्र अधिकारी पर्यटन पुरस्कार ६०,०००।– 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved