रामेछाप पुगेर ज्ञानेन्द्रप्रति प्रचण्डको आक्रोश, ‘बकबक गरिरहे नागार्जुन छोड्नुपर्ला’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 03:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाह नसच्चिए नसोचेको हबिगत हुने चेतावनी दिएका छन् । आइतबार वीपी राजमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले ज्ञानेन्द्र नसच्चिए नागार्जुनबाट निकाल्ने चेतावनी समेत दिए । 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदै गर्दा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका हुन् । ज्ञानेन्द्रप्रति निकै आक्रामक देखिएका प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सम्मान गर्न आग्रह गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved