भरतपुर महानगरपालिकाको मतगणना सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 11:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। भर्खर सकिएको सर्वदलीय बैठकले आज रातीबाट नै मतगणना गर्ने निर्णय गरेको हो।सर्वदलीय बैठकको निर्णय अनुसार ४ वटा समूहमा मतगणना हुने भएको छ। पहिले १९ नम्वर वडाको मत गन्ने र त्यसपछि २० नम्वर वडाको सुरु गर्ने निर्णय भएको छ ।

त्यस्तै मेयरका तर्फबाट एक-एक जना प्रतिनिधिबाट मात्र मतगणना गर्ने तथा दलका तर्फबाट दुई दुईजना प्रतिनिधि राख्ने निर्णय भएको एमाले चितवनका अध्यक्ष कृष्ण भक्त पोखरेलले बताएका छन। यस अघि दलका तर्फबाट ५-५ जना प्रतिनिधि बस्ने व्यवस्था थियो।

छिटो छरितो ढंगबाट प्रत्येक ४ सयमा मतपरिणामलाई सार्वजनिकिकरण गर्ने राजनीतिक दलका प्रतिनिधिलाई पनि त्यसमा ट्याली गराएर मिडिया देखि सबैमा सार्वजनिक गर्ने निर्णय भएको छ। साथै मतगणनास्थललाई तार जालीले घेरेर दलका प्रतिनिधिलाई जालीभन्दा बाहिरै राख्ने व्यवस्था मिलाइएको छ ।     

भरतपुर १९ मा भएको पुनः मतदानमा ७५ दशमलब ५८ प्रतिशत मत खसेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्य २ हजार ८ सय ७० मत खसेको हो । 

पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

सो वडामा किरण मावि किरणगञ्जमा १ हजार २ सय ४८ मतदाता,जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जानगरमा १ हजार ३ सय ६ र शारदा मावि शारदानगरमा १ हजार २ सय ४३ मतदाता रहेको थिए । 

जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको छ। भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ ।भरतपुर महानगरको वडा नम्बर १९ र २० को बाहेकका २७ वडाको मतगणना हुँदासम्म मेयरमा एमालेका प्रत्यासी देवी देवी ज्ञवालीले ४० हजार ९८० मत र माओवादीकी प्रत्यासी रेणु दाहालले ४० हजार ९ सय ८० मत ल्याएकी छिन। देवी ज्ञवाली ७८४ मतले अघि छन।    

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो ।

त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह र एमालेकी दीव्य शर्मा आचार्य छन् । भरतपुर १९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् । भरतपुर वडा नं कांग्रेस र माओवादी केन्द्रले वडातहमा समेत तालमेल गरेका थिए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved