काठमाडौं । यु १९ एसिया कप छनौट प्रयिोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि अनिल कुमार साहले २ विकेट र शहाब आलमले ३ विकेट लिएका छन् ।
पहिलो ओभरमै नेपालका लागि अनिल कुमार शाहले हङकङका राग कपुरको विकेट लिएका थिए । हङकङका जाथवेशलाई रन आउट गर्दै सुमित महर्जनले नेपालका लागि दोस्रो विकेट दिलाएका थिए ।
त्यस्तै शाहब आलमले हरप्रीत सिंह, कबिर बोधी र वाजिद शाह मोहम्मदको विकेट लिँदै हङकङमाथि दबाब बनाएका छन् ।
मलेसियाको किन्ररा ओभल मैदानमा भैरहेको खेलमा १७ ओभरको समाप्तीमा हङकङले ५ विकेट गुमाई ५२ रन बनाएको छ । आजको विजेता छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।