क्रिकेटको १७ नियम परिवर्तन, अब क्रिकेटमा पनि पेनाल्टी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2017 | 09:08:48 PM मा प्रकाशित

laxmi  sunrise bank

यहि साताको अन्त्यतिर सुरु हुने दुई टेष्ट सिरिजमा कयौं नयाँ नियम लागू हुने भएको छ। पाकिस्तान बिरुद्द श्रीलंका र साउथ अफ्रिका बिरुद्द बंगलादेशको टेस्ट सिरिजमा परिवर्तित १७ वटा नियमहरु लागू हुने भएको छ। 

क्रिकेट खेललाई थप रोमान्चक र अनुशासितबनाउने उदेश्यले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नियम परिवर्तन गर्न लागेको जनाइएको छ। परिवर्तित नियम सेप्टेम्बर २८ अर्थात असोज १२ देखि लागू हुने समाचार एजेन्सी रिउटर्सले जनाएको छ।

मैदानभित्र खेलाडीको असामान्य र उत्तेजक गतिविधि रोक्न क्रिकेट खेलको नियम बनाउँदै आएको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले नयाँ नियम ल्याएको हो।  

परिवर्तित नियम अनुसार एमसीसीले अलगअलग सजायको व्यवस्था गरेको छ। चार श्रेणीमा विभाजन गरिएको सजायमा पहिलो बुँदामा बढी अपिल गर्ने र अम्पायरको निर्णयमा असन्तुष्ट हुने खेलाडीलाई सबैभन्दा पहिले चेतावनी दिइनेछ। चेतावनीको बावजुद पनि त्यहि गल्ति दोहोरिएको अवस्थामा बिपक्षीले पेनाल्टीको अवसर पाउनेछ। पेनाल्टी बापत बिपक्षीले ५ रन पाउनेछ भने अम्पायरसंग खेलाडीलाई मैदान बाहिर पठाउने अधिकार हुनेछ। 

त्यसैगरी खेलाडीले अम्पायरलाई डर देखाउने र धम्क्याउने गरेमा वा विपक्षी खेलाडीलाई यस्तो गरेमा पनि विपक्षी टोलीले पेनाल्टीबापत पाँच रन प्राप्त गर्नेछ। साथै क्रिकेटको फम्र्याटअनुसार केही ओभरसम्मका लागि मैदानबाहिर पठाउन सकिनेछ। यस्तो कसुरमा अम्पायरले पाँच रन पेनाल्टीका साथै पूरै खेल खेल्नबाट वञ्चित पनि गराउन सक्नेछन्। 

रन आउटमा समेत नयाँ नियम लागू गरिएको छ। नयाँ नियाम अनुसार ब्याट्सम्यानको शरीरको कुनै पनि भाग र ब्याटले क्रिज लाइन हावामै पार गरे पनि अब रन आउटबाट बच्नेछ। यस अघि रन आउटबाट बच्न ब्याट्सम्यानको कुनै पनि शरीरको भाग अथवा ब्याटले क्रिजको लाइन पार गरेर भुइँमा छुनुपथ्र्यो। 

एमसीसीले ब्याटको आकारका बारेमा पनि नयाँ नियम ल्याएको छ। केही वर्षदेखि ब्याटको साइजलाई लिएर विभिन्न टीकाटिप्पणी भएपछि एमसीसीले एकरूपता ल्याउन नयाँ नियम परिमार्जन गरेको हो। क्रिस गेल, महेन्द्रसिंह धोनीलगायतका क्रिकेटरले मोटो र बढी वजनको ब्याट प्रयोग गर्ने गरेको भन्दै प्रश्न उठेपछि एमसीसीले नयाँ नियम लागू गरेको हो।

नयाँ नियमअनुसार ब्याटको चौडाइ एक सय आठ एमएम, गहिराइ ६७ एमएम र ऐज ४० एमएमको हुनेछ। एमसीसीले ब्याट निर्माता कम्पनी, संघ र आईसीसीका विभिन्न निकायसँग समन्वय गरेर ब्याटको नयाँ मापदण्ड निर्धारण गरेको हो।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved