सिंगापुरलाई हराउँदै नेपालले जित्यो उपाधी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 12:26:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ। आइतबार थाइल्यान्डको ट्रेडथाइ मैदानमा भएको खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। 

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमा अलआउट भयो। सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान शाहीहर्ष भेनुगोपालले सबैभन्दा बढी ३१ रन बनाए भने अर्नव वाडवाले २१ रन र राहुल शर्माले १५ रन बनाए ।

सिंगापुरलाई सस्तोमा समेट्न नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोनियाले ३–३ विकेट लिए। कुशल मल्ल र नारायण जोशीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन जोड्यो। नेपालका लागि विशाल विक्रम केसीले सबैभन्दा बढी ६३ रनको योगदान गरे। उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुवास ऐरले २२ रनको योगदान गरे।    

त्यस्तै नारयण जोशीले नटआउट खेल्दै ४६ रनको महत्त्वपूर्ण पारि खेले। त्यस्तै प्रतिश जिसी ६ बलको सामना गरेर १० रनमा नटआउट रहे। सुनील भण्डारीले पनि १५ रनको योगदान गरे।    

यसअघि नेपालले सन् २०१४ मा मलेसियामा भएको एसिसी यू–१६ प्रिमियर प्रतियोगिता जितेको थियो। सन् २०१२ को फाइनलमा भने नेपाललाई मलेसियाले हराएको थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved