आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आजको खेलमा नेपालले क्यानडालाई पराजित गर्दै विश्वकप छनौटको यात्रा तय गरेको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा भेट्टाएको हो।
योसंगै नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।
नेपालका बलर करण केसीले उत्कृष्ट ब्याटिङ गर्दै ३१ बलमा ४२ रन जोडे। जसमा ४ छक्का र ३ चौका प्रहार गर्दै हारको मुखमा पुगेको नेपाललाई जित दिलाए।नेपालले क्यानाडालाई १ विकेटले पराजित गरेको हो। नेपालको जितमा करण केसीले सर्वाधिक ४२ रन प्रहार गरे भने दिलिप नाथले ४१ रन जोडे।