नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ए म्याचमा एक हजार रन बनाएर नेपाली क्रिकेटमा नयाँ इतिहास रचेका छन् ।
खड्काले तीस वटा लिस्ट ए म्याच खेल्दै एक हजार रन पूरा गरेका हुन् । खड्काले सन् २०१४ जनवरी १३ मा युएईविरुद्धको खेलबाट लिष्ट ए म्याचमा डेब्यू गरेका थिए । आज स्कटल्याण्डको खेल खेलिरहेको नेपालले सामान्य प्रदर्शन गरिरहेपनि कप्तान खड्काले भने नेपाली क्रिकेट इतिहासमा एक हजार रन बनाउने खेलाडीको नाम लेखाएका छन् ।
३० वर्षे खड्काले फागुन २० गते विश्वकप छनौटमा जिम्बावेविरुद्ध आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ८ चौकासहित ४० रन बनाए पनि लिष्ट ए क्रिकेटमा १ हजार रन पूरा गर्नबाट ९ रनले चुकेका थिए ।