फिफा बिश्वकपको २१ औ संस्करण सुरु हुनु अब केहि दिन मात्र बाँकि छ । बिश्वभर यसको रौनक छाएको छ । यहाँ हामीले बिश्वकपमा आजसम्म खेलिएका खेलमा सबै भन्दा धेरै कार्ड खाने देशको बारेमा चर्चा गरेका छौ । बिपक्षी टोलीका खेलाडीलाई फाउल गरे वापत रेफ्रीले खेलाडीलाई कार्ड दिने गर्छन । कार्ड २ प्रकारको हुन्छन् । पहेलो कार्ड पहिलो पटक फाउल गर्दा दीइन्छ । पहेलो कार्ड पाएको खेलाडीले फेरी फाउल गरेमा उसलाई रेफ्रीले अर्को पहेलो कार्ड दिन सक्छ । दोहोरो पहेलो कार्ड खानुको अर्थ रातो कार्ड खाए सरह हो । यस्तो अवस्थामा खेलाडी मैदानबाट बाहिरिनु पर्छ र टोलीले रातो कार्ड खाएर बाहिरिएको खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाउदैन ।
यदि फाउलको प्रकृति गम्भीर छ भने रेफ्रीले सुरु मै खेलाडीलाई रातो कार्ड दिन्छ र खेलाडी मैदान छोड्नु पर्छ ।
यहाँ तपाईलाई लाग्न सक्छ सबै भन्दा धेरै कार्ड खाने टोली कुन होला । हामीले सबै भन्दा धेरै कार्ड खाने १० टिमको चर्चा गरेका छौ ।
सबै भन्दा धेरै कार्ड खाने टिमको २०१४ को उपविजेता अर्जेन्टिना । अर्जेन्टिनाले अहिलेसम्म खेलेको ७७ खेलमा १ सय २० वटा कार्ड खाएको छ । जसमा १ सय ११ पहेलो कार्ड हुन् भने एउटा दोहोरो पहेलो र बाँकि ८ वटा रातो कार्ड हुन् ।
अर्जेन्टिनापछि सर्बाधिक कार्ड खाने सुचीको दोस्रो स्थानमा जर्मनी छ । जर्मनीले १ सय ६ खेलमा १ सय १७ पटक कार्ड खाएको छ । जस मध्ये ११० पहेलो कार्ड हुन् भने ५ वटा रातो कार्ड हुन् ।
तेस्रो स्थानमा ब्राजिल छ । १०४ खेल खेलेको ब्राजिलले ९७ पहेलो, एउटा दोहोरो पहेलो र १० वटा रातो गरी १०८ वटा कार्ड खाएको छ ।
सर्बाधिक कार्ड खाने सुचीको चौथो स्थानको रहेको इटालीले भने ८३ खेलमा ९८ कार्ड खाएको छ । ति मध्ये ९० पहेलो, १ दोहोरो पहेलो र ७ रातो कार्ड हुन् ।
त्यस्तै नेदरल्याण्डले हालसम्म खेलेको ५० खेलमा ९० पहेलो , ४ दोहोरो पहेलो र ३ रातो गरी कुल ९७ कार्ड खाएको छ ।
मेक्सिको सुचीको छैठौ स्थानमा छ । टोलीले खेलेको ५३ खेलमा ६८ पहेलो, २ दोहोरो पहेलो र ४ रातो गरी ७४ कार्ड खाएको छ ।
सातौ स्थानमा रहेको उरुग्वेले ५१ खेलमा ६० पहेलो, १ दोहोरो पहेलो र ८ रातो गरी कुल ६९ कार्ड खाएको छ ।
आठौ स्थानको स्पेनले ५९ खेलमा ६४ पहेलो र १ रातो गरी ६५ कार्ड कहएको छ । ९ औ स्थानको कोरिया रिपब्लिकले ३१ खेलमा ६१ पहेलो र २ रातो गरी कुल ६३ कार्ड खाएको छ ।
सुचीको दशौ र एघारौ स्थानमा क्रमश फ्रान्स र इंग्ल्यान्ड छन् । फ्रान्सले ५९ खेलमा ५६ पहेलो १ दोहोरो पहेलो र ५ रातो गरी कुल ६२ कार्ड खाएको छ । इंग्ल्यान्डले भने ६२ खेलमा ५१ पहेलो र ३ रातो गरी ५४ कार्ड खाएको छ ।
पोर्चुगलले भने हालसम्म ४६ कार्ड मात्र खाएको छ ।