एसिया कप छनौट प्रतियोगितामा कमजोर प्रदर्शन बाहिरिएको नेपालले असोज तेस्रो हप्तादेखि टी–२० विश्वकप छनोट खेल्दै छ । नेपालले असोज १७ गतेदेखि टि २० बिश्वकपको लागि पूर्वी एसिया क्षेत्रीय छनोट खेल्ने भएको हो । मलेशियामा हुने यस प्रतियोगितामा नेपाल सहित ७ देश सहभागी छन् ।
प्रतियोगितामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शिर्ष स्थानमा रहने ३ टीम दोस्रो चरणको छनोटमा छानिनेछन्।
एक दिवशीय मान्यता प्राप्त नेपालसामु अन्य देशहरु तुलानात्मक रुपमा कम्जोर छन् । अत नेपालले यो चरण सहजै पार गर्ने अनुमान गरिएको छ ।
यस प्रतियोगिताको शिर्ष ३ स्थानमा रहने टोलीले अर्को छनौट प्रतियोगिता खेल्ने छ । त्यसमा पश्चिम क्षेत्रीय छनोटबाट चुनिएका यूएई, कतार र कुवेत संग प्रतिस्पर्धा हुने छ ।
यी ६ राष्ट्र बीच पुन राउण्ड रोबिन लिगमा खेल हुनेछ र शिर्ष २ स्थानमा रहने टोलीले अर्को छनौट प्रतियोगिता खेल्ने छ । जहाँ १४ देश रहने छन् ।
टि २० छनौटको मुख्य प्रतियोगिता त्यहि नै हो । यसमा एसिया, अफ्रिका र अमेरिका क्षेत्रबाट २–२ टिम पुग्नेछन्। यस्तै एसिया प्यासेफिक र युरोपबाट १–१ टिम पुग्ने छन् । त्यस्तै सन् २०१८ को डिसेम्बर सम्ममा आइसिसीको शीर्ष १० वरीयता भित्र नपर्ने ६ टिमले पनि अन्तिम चरणको छनोट खेल्नु पर्नेछ।
यसरी वरियातामा नपरेका ६ टिम र विभिन्न छनोट पार गरेका ८ टिमबीच अन्तिम चरणको छनोट हुनेछ।जसबाट शिर्ष ६ स्थानमा रहने टोली सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छानिनेछन्। मुख्य प्रतियोगितामा १६ देशले सहभागिता जनाउने छन् ।
यस्तो छ क्षेत्रिय छनौटमा नेपालको खेल तालिका ।
असोज १७– नेपाल भर्सेस म्यानमार ।
असोज २०– नेपाल भर्सेस मलेसिया ।
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड ।
असोज २३ – नेपाल भर्सेस भुटान ।
असोज २४– नेपाल भर्सेस चीन ।
असोज २६– नेपाल भर्सेस सिंगापुर ।