नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने युएईमा हुने अन्तराष्ट्रिय लिगको लागि छनौट भएका छन् । सन्दिप नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म यु ए इ मा हुने १०/१० ओभरको टि-१० क्रिकेट लिगको लागि छनौट भएका हुन् । सोमबार भएको ड्राफ्टमा सन्दिपलाई केरला किङ्सले छनौट गरेको हो ।
१० ओभरको भएपनि यस लिगलाई आईसीसीले आधिकारिक मान्यता दिएको छ । ड्यानियल भिट्टोरिको प्रशिक्षण रहने केरला किङ्समा अवेन मोर्गन आइकन खेलाडि र कप्तान रहेका छन । टोलीमा क्रिस गेल र किरोन पोल्लार्ड समेत रहेका छन् ।
आइ पि एल भारत, ग्लोबल टि-२० क्यानडा, क्यारेबियन प्रिमियर लिग टि-२० र अफगानिस्थान प्रिमियर लिग टि-२० पछि नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-१० क्रिकेट लिग, नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म यु ए इ मा हुने १०/१० ओभरको लिगमा “केरला किङ्स” बाट खेल्न छनौट भएका छन्।
उक्त टि१० लिगमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्दर्न वारियर्स गरि कुल ६ टिम रहेका छन ।
सन्दिप ३० हजार डलरमा अनुबन्ध भएका हुन् । यो आईपिएल्मा उनले पाएको रकम भन्दा बढी हो । आइपिएलमा उनले २० लाख भारु पाएका थिए जुन ३२ लाख नेपाली हो । तर अहिले उनले पाएको ३० हजार डलरको आजको मूल्यले ३४ लाख ८७ हजार हुन् आउछ । यस अघि सन्दीप अफगानिस्तान प्रिमियर लिगमा १५ हजार डलर, ग्लोबल टि२० मा ४० हजार डलरमा, क्यारेबियन लिगमा ५ हजार डलरमा आवद्ध भएका थिए ।