पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ देखि पोखरा रंगशालामा सुरू हुने क्रिकेट टि–२० प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन र पोखरा पल्टनबीच हुनेछ।
त्यस्तै दोस्रो खेल चितवन राइनोजले बुटवल ब्लाष्टर्ससँग खेल्ने छ। कात्तिक १० गतेको दोस्रो खेल भने हुलास काठमाडौं रोयल्सले एक्सपर्ट धनगढीसँग प्रतिस्पर्धा गर्ने छ।
त्यस्तै पोखरा पल्टनले तेस्रो दिन बुटवल ब्लाष्टर्ससँग खेल्ने छ। त्यसभन्दा अघि विराटनगर टाइटनले एक्सपर्ट धनगढीसँग खेल्ने छ। बुटवल ब्लाष्टर्समा पोखरेली खेलाडी विपिन खत्री समावेश छन्।
कात्तिक १२ गते भने विराटनगर टाइटनले हुलास काठमाडौं रोयल्ससँग पहिलो खेल खेल्दा दोस्रो खेल भने चितवन राइनोजले पोखरा पल्टनसँग खेल्ने छ । पाँचौ दिन आरामको लागि छुट्याइएको छ भने छैटौं दिन चितवन र एक्सपर्ट धनगढीको टोलीबीच भीडन्त हुने छ। अर्को खेल विराटनगर टाइटनले बुटवल ब्लाष्टर्ससँग प्रतिस्पर्धा गर्ने छ ।
सातौं दिन चितवन र काठमाडौंबीच हुनेछ भने धनगढी बुटवलविरूद्ध पोखराको मैदानमा उत्रिने छ। पोखराले धनगढीसँग खेल्दा बुटवल पनि काठमाडौसँग त्यही दिन दोस्रो खेल खेल्ने छ। विराटनगरले चितवनसँग खेल्ने छ। त्यसपछि ग्रुप दोस्रो र ग्रुप तेस्रो बीच एलिमेनटरको लागि खेल्ने छन। कात्तिक २० गते प्रतियोगिताको फाइनल खेल हुनेछ।