सचिन र अफ्रिदीको रेकर्ड तोड्दै रोहितले बनाए बिश्व किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2019 | 07:38:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका युवा ब्याट्सम्यान रोहित पौडेल युएईबिरुद्दको खेलमा ५५ बलमा ५८ रन बनाउदै १६ बर्ष १४६ दिनमा पहिलो अर्धसतक बनाउने विश्वकै पहिलो युवा क्रिकेट खेलाडी बन्न सफल भएका छन। 

रोहितले क्रिकेटका महारथी सचिन तेंडूलकारको रेकर्ड तोड्दै यो उपाधि आफ्नो नाम गरेका हुन। सचिनले १६ बर्ष २१३ दिनको उमेर हुँदा पाकिस्तान बिरुद्दको खेलमा ५९ रन जोडेर अर्धसतक बनाउने पहिलो युवा खेलाडी बनेका थिए। त्यस्तै एकदिवसीय क्रिकेटमा पाकिस्तानका सहिद अफ्रिदीले १६ बर्ष २१७ दिनको उमेरमा ३७ बलमा श्रीलंका बिरुद्दको खेलमा अर्धसतक बनाएका थिए। 

रोहितले दुवैजनाको रेकर्ड तोड्दै उक्त किर्तिमान आफ्नो नाम गरेका छन। टिनएजमै किर्तिमान बनाएका रोहितले अर्को पुस्ताका खेलाडीमा रेकर्ड तोड्न हौसला बढाएका छन।      

गत अगस्ट २०१८ मा १५ बर्ष ३३५ दिनको उमेरमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका रोहित किर्तिमानको नजिक पुगेका थिए। उक्त डेब्युबाट नै कान्छो उमेरमा अन्तराष्ट्रिय क्रिकेट खेल्ने चौथो खेलाडी बनेका थिए। 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved