पहिलो टिट्वेन्टी श्रृङ्खलामा युएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिंग निम्तो पाएको युएईले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७.७ को रनरेटमा १५३ रनको योगफल तयार पारेको हो ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ । यसअघि नेपालले टस जितेर फिल्डीङ रोजेको थियो ।
नेपालका लागी सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ र सोमपाल कामी र अविनाश बोहोराले समान १/१ विकेट लिए ।