दुवैमा असिना सहितको वर्षा, नेपाल र यूएईबीचको खेल प्रभावित हुने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 02:14:06 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएईमा असिना सहितको वर्षा सुरु भएको छ । वर्षाले नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल प्रभावित हुने संकेत देखिएको छ । दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुने भनिएपनि अहिले पानी परिरहेको छ ।


दुवै टिमले एक–एक खेल जितेको अवस्थामा आजको खेलले उपाधि  छिनोफानो हुनेछ । यदि वर्षाले खेल बिथोलिएमा नेपालले एकदिवसीयपछि टी–२० सिरीज जित्ने अवसरमा धक्का लाग्नेछ ।

नेपाली टिममा आज एक खेलाडी परिवर्तन हुनेछ । सुरुवाति दुई टी–२० मा जम्न नसकेका प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाइने भएको छ । यस्तै आज भीम सार्कीलाई पनि मौका दिन सम्भावना छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved