क्रिकेट मैदान निरीक्षण गर्न आईसीसीका प्रतिनिधि नेपालमा, के होला होम सिरिज खेल्ने नेपालको सपना ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 02:06:11 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न आईसीसीका प्रतिनिधि सोमबार काठमाडौं आउँदै छन् । आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले आईसीसीका प्रतिनिधिले नेपाल आएर मैदानको निरीक्षण गर्ने जानकारी दिईन । उनले भनिन्, ‘प्रतिनिधि आएर मैदानको निरीक्षण गरेपछि के के सुधार गर्नुपर्छ थाहा होला ।’ उनका अनुसार भोलि मैदान निरीक्षणपछि आईसीसीले नेपालमा प्रतियोगिता गर्ने भएमा उसले नै ममर्तको काम गर्न सक्नेछ ।

त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । एकदिवसीय खेलका लागि पिच नै पुनर्निर्माण गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

क्यानका पूर्वप्रमुख कार्यसञ्चालन अधिकत छुम्बी लामाका अनुसार त्रिवि क्रिकेट मैदानको आउट फिल्ड निकै कडा छ । उनले भने, ‘आउट फिल्ड निकै कडा छ । रिप्लान्ट गरेर त्यसलाई नरम बनाउनुपर्छ ।’ लामा तीनै हुन्, जसले छोटो समयमा पोखरा मैदानलाई लोभलाग्दो बनाएर पोखरा प्रिमियर लिग (पीपीएल) को सफल आयोजना गरेका थिए ।

२३ वर्षदेखि क्रिकेट खेलिरहेको नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको चैत्रमा एक वर्ष पुग्दैछ । गत साउनमा नेदरल्याण्ड्सँग उसको घरेलु मैदानमा दुई म्याच एकदिवसीय सिरिज खेलेको नेपालले अहिले यूएईसँग तीन म्याचको सिरिज खेल्यो । लगातार दुई टुरपछि नेपाललाई होम सिरिज दिनुपर्ने दबाव आईसीसीलाई पनि छ ।

नेपाल आउने निरीक्षकले यही महिना बस्ने आईसीसीको बैठकमा त्रिवि क्रिकेट मैदानबारे रिपोर्ट बुझाउनेछन् । त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved