युरोपियन गोल्डेन बुटका लागी मेस्सी शीर्ष स्थानमा, एमबाप्पे र रोनाल्डो पछिपछि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 02:50:16 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन गोल्डेन बुट प्रतिस्पर्धामा यस सिजन पनि अर्जेन्टिनी स्टार लियोनल मेस्सी शीर्ष स्थानमा छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेस्सीले गत सिजन पनि गोल्डेन बुट जितेका थिए ।

ला लिगामा मेस्सीले जारी सिजन २१ गोल गरिसकेका छन् । उनी ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । मेस्सीलाई पिएसजीका केलिएन एमबाप्पेले लिग वानको १८ गोलले पछ्याइरहेका छन् । क्रिस्टियानो रोनाल्डो सिरि एको १७ गोलका साथ तेस्रो स्थानमा छन् । रोनाल्डो सिरि ए तथा एमबाप्पे लिग वानका सर्वाधिक गोलकर्ता हुन् ।

यसैबीच प्रिमियर लिगमा सर्वाधिक गोल गरेका लिभरपुलका मोहम्मद सलाह १६ गोलसहित गोल्डेन बुट प्रतिस्पर्धाको चौथौं स्थानमा छन् । सिरि ए क्लब साम्पडोरियाका फाबियो क्वागलियारेला र लिग वानक्लब पिएसजीका इडिसन काभानी पनि समान १६ गोलसहित गोल्डेन बुट प्रतिस्पर्धाको चौथौं स्थानमै छन् ।

मेस्सीले हालसम्म गोल्डेन बुट किर्तिमानी पाँच पटक जितिसकेका छन् । रोनाल्डोले चार गोल्डेन बुट जितेका छन् । युरोपको घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई युइएफएले गोल्डेन बुट दिँदै आएको छ ।

रोनाल्डोले यसवर्ष गोल्डेन बुट जिते मेस्सीसँगको किर्तिमानी बराबरी गर्नेछन् भने एमबाप्पेले जिते मेस्सी र रोनाल्डो युगको बहिर्गमन हुनेछ । अहिलेसम्मको स्थिति हेर्दा यो सिजनको गोल्डेन बुटका लागी मेस्सी नै अब्बल देखिएका छन् । मेस्सीले यो सिजन पनि बुट जिते सर्वाधिक गोल्डेन बुट जित्नेको किर्तिमानी कायम राख्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved