म्यानचेस्टर यूनाइटेडका पूर्व प्रशिक्षक जोसे मोरिन्हो कर छली प्रकरणमा एक वर्ष जेल बस्न तयार भएका छन् । पोर्चुगिज प्रशिक्षक मोरिन्होले रियल मड्रिडमा रहँदा सन् २०११–१२ को सिजनमा कर छली गरेको बताइएको छ । मोरिन्होलाई कर छली प्रकरण साम्य बनाउन स्पेनिस अधिकारीहरुलाई ३ दशमलब ३ मिलियन युरो अफर गरेको आरोप समेत लागेको छ ।
कर छली गरेको पुष्टि भएसँगै उनी एक वर्षका लागि जेल बस्न तयार भएका हुन्। मोरिन्होले जेल भने बस्नुपर्ने छैन् । स्पेनिस कानुन अनुसार ज्यानमार्ने लगायतका अपराधिक क्रियाकलापको अभियोग नलागेकाले जेल बस्नुपर्दैन। यद्यपी जरिवाना भने तिर्नुपर्छ । मोरिन्होले २ मिलियन युरो जरिवाना तिर्नेछन् ।