सन्दिप लामिछाने आबद्द लाहौर क्वालैंडर्सले जारि पाकिस्तान सुपर लिगको चौथो खेलमा जित हात पारेको छ। सन्दिपले डेब्यु गरेको खेलमा क्वालैंडर्सले मुल्तान सुल्तांसलाई ६ विकेटले पराजित गरेको हो।
मुल्तानले दिएको २ सय १ रनको लक्ष्य लाहौरले पुरा खेल खेल्दै मात्र ४ विकेट गुमाएर भेटायो। जितमा सन्दिपको महत्त्वपूर्ण योगदान रह्यो। ४ ओवर बलिङ्ग गरेका सन्दिपले ४६ रन खर्चेर ३ विकेट लिए।