अष्ट्रेलियाले एकदिवसीय क्रिकेटमा भारतलाई हराएको छ। दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले भारतलाई ३५ रनले हराउँदै शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो।
अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै भारतलाई २७३ रनको विजयी लक्ष्य दिएको थियो। तर भारतीय टिम २३७ रनमै अलआउट भयो । सन् २००९ पछि भारतमा पहिलो पटक अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जितेको हो ।
यो जितसँगै विश्वकपभन्दा अगाडि अष्ट्रेलियाली क्रिकेट टिमले आफूलो बलियो सावित गरेको छ । एकदिवसीय शृङ्खलाको इतिहासमा अष्ट्रेलियाले केवल चार पटक मात्रै २–० ले पछि परेको अवस्थामा सिरिज आफ्नो पक्षमा पारेको छ ।